प्रभु बैंकको २ शाखा कार्यालय सञ्चालन «

प्रभु बैंकको २ शाखा कार्यालय सञ्चालन

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरूलाई सरल र सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ स्थित बैंकको बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोबाट एक समारोहकाबीच समुद्घाटन भएको हो । त्यसैगरी कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका–६ स्थित विजयनगर शाखा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरबाट समुद्घाटन भएको हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।
आइतबारदेखि सञ्चालनमा आएका बैंकका बरियारपट्टी शाखा कार्यालय र विजयनगर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ–संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्