ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता «

ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच कर्जा लेनदेन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बिहीबार उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरे ।
नेपालमा पछिल्लो समयमा देखिएको वित्तीय तरलताको समाधानमा यो सम्झौताले योगदान पुराउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कर्जा सापटी सहमति नियमनकारी निकाय नेपाल राष्ट्र बंैकको स्वीकृतिपश्चात् लागू हुनेछ । त्यस्तै विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आईएमई बैंकलाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्रामअन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुराउने उद्देश्यले १ सय २२ वटा शाखा, १ सय २८ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर १४ वटा राजस्व संकलन काउन्टर ७९ शाखारहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ

प्रतिक्रिया दिनुहोस्