Logo

पार्क संरक्षणमा जनता बैंकको सहयोग

काठमाडौं महानगरपालिका–३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण जनता बैंकको सहयोगमा गरिने भएको छ । काठमाडौं महानगरपालिका–३२ एवं उपत्यका विकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका थिए । स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाइको क्षेत्रमा समेत संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत कार्य गर्ने यस बैंकको नीतिअनुरूप उक्त बाटिकाको दैनिक सरसफाइ, रेखदेख र संरक्षणका लागि सहयोग गरिएको हो । उक्त सहयोग पहिलो चरणमा आगामी एक वर्षसम्मको लागि हुने गरी यस बैंक र बाटिका संरक्षण समितिबीच सम्झौता गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्