प्रभु बैंकको नयाँ शाखा

काठमाडौं जिल्ला काठमाडौँ महानगरपालिका–३० (साविक कामनपा–३३) ज्ञानेश्वरमा प्रभु बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका सञ्चालक पुष्पबहादुर प्रधानले एक समारोहकाबीच उद्घाटन गरेको भन्दै बैंकले मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरूमध्ये प्रभु बैंकको दरबारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी बैंकको दरबारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको जनाएको छ ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरू पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको भन्दै बैंकले शाखा कार्यालयहरू स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरू सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरू सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरू प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।