निशुल्क आँखा जचाउन पाउँदा खुसी «

निशुल्क आँखा जचाउन पाउँदा खुसी

गर्मी महिनाको समय, गाउँपालिकाको केन्द्र दुर्गाफाँटमा जान वडाबाट गाडी नपाईने, हिडँनलाई आँखाका रोगीहरु । जिल्लाको पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाटमा निशुल्क आँखा जचाउँन पाईन्छ, भनेर कोही हिडेर, ट्याक्सी, मोटरसाईकल रिजर्भ गरेर त कोही आर्थिक अवस्था कमजोर भएका हिडेरै आए ।
जिल्ला आँखा अस्पताल अर्घाखाँची र पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा ६०० जनाको निशुल्क आँखा जाच र ४३ जनाको अप्रेसन गरिएको आँखा अस्पताल अर्घाखाँचीका प्रमुख डा. सागर केसीले जानकारी दिए ।
३६ सयँ रुपैयाको ट्याक्सी रिजर्भ गरेर आँखा जचाउँन पालीबाट ६९ वर्षिय चन्द्रबहादुर नेपाली आए । एउँटा आँखाको अप्रेसन गरिसकेका नेपालीले दाईने आँखाको अप्रिसन निशुल्क गरे । आँखाको निशुल्क अप्रेसन गर्न पाउँदा उनी अत्यन्तै खुसी हुदैँ ३६ सय भाडा लागेपनी आँखाले अव राम्रोसँग देख्ने विश्वास व्यक्त गरे ।
गरिव मान्छेले गाडि चढ्न त के खाजा खान पनी पैसा छैन, खिदिमका रामबहादुर नेपाली भन्छन्, निशुल्क आँखा जाचँ हुन्छ भनेर २ घण्टा हिडेर आएको हुँ, मेरो कोही पनी छैंन, निशुल्क जाचँ गर्न पाउँदा अत्यन्तै खुसी छु, बाहिर जान परेको भए २० हजार खर्च ऋण नै खोज्नुपर्दथ्यो ।
७५ वर्षिय पोखराथोकका ढगबहादुर विकले पनी आँखाको अप्रेसन गरे । एक आँखाले देख्दै नदेख्ने विक आर्थिक अवस्था कमजोर भएको बताउँदै बल्ल स्थानिय सरकार आएको महसुस भयो, घरबाट २० मिनेटमा गाडीमा चढेर अप्रेसन गर्न आए उनले भने ।
गाउँपालिका अध्यक्ष अच्युत गौतमले स्वास्थ्य सुधारको लागी सुरुवाती भएको बताउँदै आउँदा दिनमा पनी निशुल्क शिविर सञ्चालन गर्दै जाने बताए । उनले उपचार बाट बञ्चीत कसैलाई पनी नगराउँन र भम्रण खर्च वापतको १० लाख पनी क्यान्सर, मृगौला लगाएत सामाजिक काममा लगाउँने निर्णय गाउँपालिकाले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्