Logo

गण्डकी विकास बैंकको थप ८ वटा शाखाबाट कारोबार शुभारम्भ

गण्डकी विकास बैंकले बुधबार एकैदिन थप ८ वटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । नयाँ थप गरिएका शाखाहरूमा मकवानपुरको हेटौंडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाडौंको नयाँ बानेश्वर छन् । यससँगै बैंकका ५९ वटा शाखाबाट पूर्ण बैंकिङ सुविधा प्रदान हुने बैंकले जनाएको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरूमा गरी ५९ वटा शाखा कार्यालयमार्फत आकर्षक ब्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रूपमा कर्जा योजनाको बैंकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालयलगायत केही शाखाहरूबाट ३६५ दिने बैंकिङ सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आबद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । साथै बैंकका विभिन्न ठाउँमा १८ वटा शाखा निर्माणाधीन अवस्थामा छन् । बैंकले यी शाखाहरू यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । यसपश्चात् बैंकका कुल ७७ वटा शाखा कार्यालय हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्