किमसँगको मिटिङ बीचैमा छोड्ने ट्रम्पको धम्की

वार्ता सकारात्मक नभएमा अमेरिकी राष्ट्रपति ट्रम्पले बीचैमा छोड्ने धम्की दिएका छन् ।जापानी प्रधानमन्त्री सिन्जो अबेसँगको संयुक्त पत्रकार सम्मेलनको अवसरमा परमाणु निसस्त्रिकरणको विषयलाई लिएर उत्तर कोरियामाथि अधिकतम दबाबको स्थिति बनाउन आवश्यक भएको उनले बताए ।अबे हाल छलफलका लागि ट्रम्पको फ्लोरिडास्थित मार ए लागो रिसोर्टमा छन् ।
यो भन्दा पहिले पनि ट्रम्पले सीआईएका निर्देशक माइक पोम्पियोले किमसँगको भेटघाटका लागि उत्तर कोरियाको गोप्य यात्रा गरेको पुष्टि गरेका थिए ।
पोम्पियोले किम जोङ उनसँग राम्रो सम्बन्ध बनाएको र कुनै समस्याबिना बैठकको आयोजना गरेको ट्रम्पले बताएका छन् ।
ट्रम्प र किमबीच जुन महिना वा त्यो भन्दा पनि पहिले भेटघाट गर्ने सम्भावना रहेको छ । यद्यपि यो बैठक कहाँ हुन्छ भन्ने विषयमा अझै निक्र्यौल भइसकेको छैन ।