मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु «

मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । 
प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ । 
मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 
गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गर्नु भएको बताउनु भएको छ । 
ड्युटीमा खटिएका प्रहरीलाई अपराधीक समूहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो । 
राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन  दिएको छ । 
गुइरेरो पछिल्लो दुई बर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्