एभरेस्ट बैंकको बाँसगढी शाखाको औपचारिक समुद्घाटन

एभरेस्ट बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गरेका थिए ।
उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्रजंग शाही तथा अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति रहेको भन्दै बैकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत् बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।