रासायनिक आक्रमणबारे रूसलाई अमेरिकाको चेतावनी

सिरियामा केही दिनपहिले भएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरूप क्षेप्यास्त्र प्रहार गर्न सकिने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।
ट्रम्पको उक्त चेतावनी सिरियाको रासायनिक हतियार आक्रमणमा रूसको सहयोग रहेको आशंकामा रूसलाई लक्षित गरेर आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
मस्कोसँगको जारी बढ्दो विवादमा ऊर्जा थप्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमा सिरियामा अहिलेसम्मकै कडा सैन्य कारबाही गरिने तयारी रहेको बताए ।
ट्रम्पको ट्विटमा लेखिएको छ, “रूसले सिरियामा गरिने हरेक क्षेप्यास्त्रलाई बीचमै खसालिदिने बताएको छ । रूस तयार होस् । तिनीहरू (क्षेप्यास्त्रहरू) नयाँ, राम्रो तथा तीव्र रूपमा आउनेछन् । आफ्नै जनतालाई जनावर मार्ने विषाक्त रसायनको प्रयोगले नाश गर्ने सिरियाको सहयोगी रूस हुनेछैन ।”
दमास्कसले सिरियामा आतंकवादीलाई सघाएको भनी लामो समयदेखि वासिङ्टनमाथि आरोप लगाउँदै आएको छ भने अमेरिकाले वसर अल असद सरकारको विरोध गर्ने प्रतिपक्षी समूहमाथि नै आक्रमण गरेको भन्दै प्रजातान्त्रिक विद्रोही समूहलाई अप्रत्यक्ष सहयोग पु¥याउँदै आएको छ ।
यसैबीच सिरियाली प्रशासनले भने अमेरिकाजस्ता मुलुकबाट आउने यस्ता गैरजिम्मेवार अभिव्यक्तिबाट आश्चर्यमा नपर्ने बताएको सिरियाली विदेशमन्त्रालयलाई उद्धृत गर्दै यहाँको राज्य सञ्चालित समाचार संस्था साना न्यूज एजेन्सीले बताएको छ ।