जापानी घरधुरीको वित्तीय सम्पत्ति बढ्दै

जापानको आर्थिक सुधार र उकालो लागेको धितोपत्र बजारको सहयोगमा सुधारिएको रोजगार बजारले यो वर्ष जापानी घरधरीको खुद सम्पत्तिमा वृद्धि भएको सर्भेले देखाएको छ । यसले प्रधानमन्त्री सिन्जो अबेको अबेनोमिक्स नीतिबाट लाभ भएको देखाएको छ ।
अघिल्लो वर्षको तुलनामा घरधुरीको औसत वित्तीय सम्पत्तिमा ६.८ प्रतिशतले वृद्धि भई १ करोड १५ लाख येन पुगेको छ । यसमा जापानी सेयर मूल्यमा भएको २५ प्रतिशत वृद्धिको प्रमुख योगदान रहेको सेन्ट्रल काउन्सिल फर फाइनान्सियल सर्भिस इन्फर्मेसनले गरेको वार्षिक सर्भेले देखाएको छ ।
तर जापानको पाका उमेरका मानिसको संख्यामा भएको वृद्धिले सामाजिक कल्याणकारी व्यवस्थामा वृद्धि गराएको छ । यसले घरधुरीलाई जोखिमयुक्त लगानीतर्फ जानबाट रोकेको छ ।
तर ५४.१ प्रतिशत घरधुरीको वित्तीय सम्पत्ति बचतमै र बैंक निक्षेप रोकिएको पनि सर्भेले देखाएको छ । ८.९ प्रतिशत सम्पत्ति धितोपत्र बजारमै रोकिएको छ ।
उपभोग परिदृश्यका लागि चिन्तापूर्ण संकेत देखिएको पनि सर्भेले जनाएको छ । ४३.२ प्रतिशत एकल घरधुरीले घरको स्वामित्व लिने इच्छा व्यक्त गरेका छन् । यो १० वर्षअगाडिको तुलनामा दोब्बरभन्दा पनि बढी हो ।
जापानी अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा लगातार सातौं त्रैमासिक अवधिमा विस्तार हुने देखिएको छ । यसमा विस्फोटक अवस्थाको निर्यात र उपभोगको प्रमुख योगदान रहेको रोयटर्सको सर्भेले देखाएको छ ।
मजबुत अवस्थाको कर्पोरेट आम्दानीको अपेक्षाका कारण निकी एभरेज यो साता २६ वर्षकै उच्च कायम भएको छ । बेरोजगारी दर पनि बैंक अफ जापानको सोचेको पूर्ण रोजगारीको अवस्थामा रहेको छ ।
तर मुद्रास्फीति र ज्याला वृद्धि भने निष्क्रिय देखिएको छ । यसले सुधारमा दीर्घकालीन अवस्था कायम गर्न सक्नेप्रति आशंका व्यक्त गरिएको छ ।