जनता बैंक ९ औं वर्षमा प्रवेश

जनता बैंक ८ वर्ष पूरा गरी शुक्रबारदेखि ९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले ९औं वर्ष प्रवेशको अवसरमा शुक्रबार बैंकिङ साक्षरतासम्बन्धी चेतनामूलक कार्यक्रमसहित प्रभातफेरी सम्पन्न गरेको पनि जनाएको छ । त्यस्तै बैंकले निःशुल्क स्वास्थ शिविर र रक्तदान कार्यक्रम, नागरिक समाज प्रतिष्ठानका ज्येष्ठ नागरिकलाई २५ हजार रुपैयाँ र समाज कल्याण आँचल अनाथालयका विद्यार्थीलाई १० हजार रुपैयाँबराबरको खाद्यान्न सहयोग गरेको पनि जानकारी दिएको छ । हाल १ सय ६ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले देशभरिका ४४ जना विद्यार्थीलाई २ लाख २० हजार रुपैयाँबराबरको छात्रवृत्ति वितरण गरेको थियो ।