तुलसीपुरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

मुक्तिनाथ विकास बैंकको तुलसीपुर उप–महानगरपालिका ५ ‘ग’ लाइनमा रहेको तुलसीपुर शाखाको बुधबार दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका कम्पनी सचिव डण्डपानी ढकालले स्वागत मन्तव्य तथा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको मन्तव्य दिएका थिए । कार्यक्रममा तुलसीपुर उपमनपाकी उप–मेयर माया शर्मा अचार्य, निवर्तमान मेयर ढुण्डीराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि हिराचन्द्र केसीले यस क्षेत्रमा वित्तीय संस्थाहरूबीच प्रतिस्पर्धा धेरै भए तापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकाले सबैले खाता खोली कारोबार गर्न अनुरोध गरे । उद्घाटन कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै वक्ताहरूले दिएको शुभकामना र सुझावबमोजिम उत्कृष्ट सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहने बताए ।