चीनको निसानमा अमेरिकाको बृहत व्यवसाय «

चीनको निसानमा अमेरिकाको बृहत व्यवसाय

अमेरिकासँग व्यापार विवाद थप चर्किएमा चीनले अमेरिकाको कृषिदेखि लिएर विमान, अटो, सेमिकन्डक्टर र सेवा क्षेत्रलाई समेत निसाना बनाउने चाइना डेलीले बिहीबारको सम्पादकियमार्फत् जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार केही चिनियाँ सामानमा ६० अर्ब डलरसम्मको भन्सार लगाउने बताएपछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार विवाद चुलिएको छ ।
बुधबार ट्रम्पका वरिष्ठ व्यापार दूतले चिनियाँ सामानमा लगाएको भन्सार कार्यान्वयनमा ल्याउनका लागि ६० दिनको समय सीमा दिने बताएका थिए । तर दुई देशबीचको व्यापारिक सम्बन्ध सही ठाउँमा आउनका लागि वर्षौ लाग्ने उनले बताए ।
चिनियाँ प्रधानमन्त्री ली केकियाङले अमेरिकी कंग्रेसनल प्रतिनिधि मण्डललाई यसै साता चीन संवादका लागि खुला भएको तर प्रतिक्रियात्मक नीतिका लागि तयार भएको बताएको चाइना डेलीले जनाएको छ ।
यदी विवाद लगातार चलेमा र विस्तार भएमा चीनले भटमास बाहेक अमेरिकी कृषि उत्पादन, विमान, अटोमोबाइल र सेमिकन्डक्टरको आयातमा पनि बदलाको कारवाही गर्ने चेतवानी चाइना डेलीले दिएको छ ।
“ट्रम्प प्रशासनले अमेरिकामा हुने चिनियाँ लगानीमा अवरोध सिर्जना गरेमा अमेरिकी सेवाको आयातमा प्रतिबन्ध लगाउने र समान किसिमको लगानी समिक्षा गरिने जस्ता कडा कदम अंगिकार गरिनेछ,” पत्रिकाले भनेको छ ।
हङकङको साउथ चाइना मर्निङ पोष्टले पनि बिहीबारको छुट्टै प्रकासनमा अमेरिका र चिनियाँ अधिकारीले अमेरिकी भटमास र कृषि उत्पादनलाई व्यापार प्रतिबन्धबाट छुट्टै राख्ने विषयमा कुराकानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्