Logo

कोभिड केन्द्रित विपद प्रतिकार्य योजना

जुम्लामा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण केन्द्रित विपद पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ । वर्षातको समयमा हुन सक्ने जनधनको क्षतिलाई रोक्न तथा कोरोना संक्रमण रोकथाम केन्द्रित प्रतिकार्य योजनामा प्रथामिकतामा दिइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । विगतमा प्राकृतिक प्रकोप अन्तरगर्त आगलागी, बाढी,पहिरो, जस्ता घटना रोकथाम प्रतिकार्य योजना केन्द्रित हुन्थे । तर, यस वर्ष भने कोरोना केन्द्रित प्रतिकार्य योजना बनाइएको छ ।
उनले भने, “जिल्लाका आठै स्थानीय तहमा सक्रमित भेटिएको खण्डमा बिरामी बोक्ने एम्बुलेन्स खर्चबापत आठै स्थानीयतहले ६० हजार दिने, चालकलाई ५ हजार भत्ता दिने, कोरोना संक्रमण बारे सजक बनाउन गाउँगाउँमा प्रहरी परिचालन गर्ने लगायतका योजना तर्जुमा गरिएको छ ।”
साथै प्राकृतिक विपत्तीमा राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन गैरसरकारी संथा तथा स्थानीयतह बीच समन्वय गरी अगाडी बढ्ने, रेडियो पत्रपत्रिकाबाट सूचना सन्देश प्रशारण प्रकाशन गर्ने र हिमा र तिला गाउँपालिकाका जोखिम बस्तीहरूलाई स्थान्तरण गर्ने सबालमा तत्तकाल अनुगन निरिक्षण गर्ने विपद प्रतिकार्य, पुर्वतयारी योजना निर्माण गरिएको प्रजिअ थापाले उल्लेख गरे ।
विपद व्यवस्थापनका क्षेत्रमा काम किर्डाक नेपाल, पेश नेपाल लगायतका संस्थाले गाउँगाउँमै गएर काम गर्न ध्यानकर्षण गराइएको छ ।
पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले हरेक वर्ष प्रतिकार्य योजना बनाउने तर कार्यान्वयन नहुने प्रबृत्तिको अन्त्य गर्न सुझाब दिए । कोरोना संकटका बेला थारै योजना बनाएर कार्यान्वयनमा जानु पर्नेमा उनको जोड छ । त्यस्तै सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले नाग्म गमगडी सडकले निम्त्याएको जोखिम प्रतिप्रदेश सरकार गम्भीर नभएको समेत गुनासो गरे । कार्यक्रममा सहभागी तीन सांसदलाई सिंजा क्षेत्रको समस्यालाई बन्देज गरिएको प्रति ध्यानकर्षण गराए ।
प्रतिनिधि सभा सांसद गजेन्द्र महतले कार्माले जुम्ला तुलनात्मक रुपमाले अन्य जिल्लाभन्दा प्राकृतिक प्रकोपको जोखिममा नरहेको बताए । प्राकृतिक प्रकोपलाई भन्दा जुम्लामा कोरोना संक्रमण रोकथामका योजनालाई बढी प्रथामिकता दिन सुझाब दिए । सांसद महतले भने, “कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको अबस्थामा प्रतिकार्य योजना लक्ष्यविहीन भएको खण्डमा ठूलो क्षति हुन्छ । तसर्थ प्रहरी प्रशासन, गैरसरकारी निकायलगायत सबै सरोकारवालाका योजना कोरोना नियन्त्रणमै केन्द्रित गर्नुको विकल्प छैन ।”
कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता तथा सांसद दिनबन्दु श्रेष्ठले कर्णालीमै पहिलो जुम्लालाई कोरोना मुक्त बनाउन प्रतिकार्य योजना स्पष्ट हुनुपर्नेमा जोड दिए । प्रदेश सरकारले कोरोना नियन्त्रणमा खर्च गर्न पठाएको लाखांै बजेट जुम्लाबाट खर्च हुन नसकेर फिर्ता भएको प्रतिआक्रोश व्यक्त गरे ।
प्रदेश सभा सदस्य संसद पदम रोकाया विपद् पुर्वतयारीका नाममा बिचैलिया हरूले फाइदा लिएका छन् । विपदको नाममा मागी खाने भाडो बनाएको उल्लेख गरे । भने जुम्लालाई कोरोना मुक्त बनाउन दिनरात नभनी खट्ने जुम्लाका आठै तहका प्रमुखहरूले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्