जर्मन र फ्रान्सले सैन्य उत्पादनमा अमेरिकी प्रविधिको प्रयोग घटाउने «

जर्मन र फ्रान्सले सैन्य उत्पादनमा अमेरिकी प्रविधिको प्रयोग घटाउने

पेरिस-नेटो गठबन्धनका मुलुकहरु फ्रान्स र जर्मनीले सैन्य उपकरणको उत्पादनमा अमेरिकामाथि रहदै आएको उनीहरुको प्रविधि निर्भरता घटाउने इच्छा व्यक्त गरेको जर्मन अखबार वेल्ट एम सोनटागले जनाएको छ ।
जर्मनी र फ्रान्सका सैन्य उत्पादकहरुले हेलिकप्टरको निर्माण, जर्मन सशस्त्र बललाई बनाउन लागिएको नयाँ आक्रमणकारी राइफलका साथै भावि लडाकु हवाई प्रणाली (एफसीएएस) को मातहतमा विकास गर्न लागिएको नयाँ फाइटर जेटका लागि अमेरिकी प्रविधिलाई हटाउन लागिएको बताएका छन् । यसको नेतृत्व दुई मुलुकका विमान निर्माताहरुले गर्दै आएका छन् ।
यो कदमका पछाडि सैन्य उत्पादनमा अमेरिकाबाट स्वतन्त्रा पाउन र संवेदनशील तथ्यांकको सुरक्षा रहेको जर्मन अखबारले जनाएको छ ।
यो भन्दा पनि कम्पनीहरुको चासो वासिङटनले गर्दै आएको उसको प्रविधि प्रयोगमाथिको नियन्त्रणमा गएको छ । हतियार नियमनमा अन्तर्राष्ट्रिय यातायात (आईटीएआर) को मातहतमा यस किसिमको नियन्त्रण गरिदै आएको छ । यसको माध्यमबाट अमेरिकाले हतियारको निर्यातमा रोक लगाउन सक्छ ।
“आइटीएआर र अन्य अमेरिकी नियमनबिना युरोपले कसलाई सैन्य उत्पादनको आपूर्ति गर्ने भन्ने विषयमा थप स्वतन्त्रता पाउने छ,”फ्रान्सेली निर्माता सफरानको हेलिकप्टर इन्जिन विभागका बिक्री निर्देशक फ्लोरेन्ट चौभान्सीले बताए ।
नयाँ अवस्थाको विकासका लागि सफरनले जर्मन उत्पादक जेट फ्रिडरिचसाफेनसँग साझेदारी गर्न सक्ने समाचारमा उल्लेख गरिएको छ । यसले विशाल सैन्य ड्रोन जडान गर्न सक्छ । यद्यपि युरोपेली सैन्य प्रयासले पूर्ण रुपमा अमेरिकी प्रविधि त्याग्न सक्छ वा सक्दैन भन्ने विषय हाललाई भने अस्पष्ट रहदै आएको छ ।
अमेरिकाले जर्मनीबाट १२,००० सेना फिर्ता गर्ने घोषणा गरेको केही समयपछिको समयमा यो साझेदारी देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्