प्रदेश–१ का मुख्य न्यायाधिवक्ता आचार्यलाई कोरोना संक्रमण «

प्रदेश–१ का मुख्य न्यायाधिवक्ता आचार्यलाई कोरोना संक्रमण

विराटनगर– प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई पनि कोरोना पुष्टि भएको छ । आचार्य विराटनगर–५ स्थायी बासिन्दा हुन् । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन । मुख्य न्यायायाधिवक्ता आचार्यलाई १० दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमितरूपमा कार्यलयको काम र बैठकहरूमा सहभागी थिए । बैठकहरूका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ ।
यसैबीच, प्रदेश–१ मा सोमबार ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ । प्रदेश–१ बाट सोमबार ८ जना डिस्चार्ज भएका छन् । प्रदेश–१ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्