विश्वका उत्कृष्ट २० विश्वविद्यालयमा १५ अमेरिकी

यो वर्ष विश्वका ८१ मुलुकका १,५०० विश्वविद्यालयको तथ्यांकको आधारमा २० उत्कृष्ट विश्वविद्यालय छनौट गरिएको छ । शैक्षिक अनुसन्धान भूमिका र उनीहअरुको विश्वव्यापी र क्षेत्रीय ख्याती लगायतका १३ सूचकका आधारमा विश्वका उत्कृष्ट विश्वविद्यालय छनौट गरिएको हो । तर विश्वका २० उत्कृष्ट विश्वविद्यालयमा धेरैजसो अमेरिकाका परेका छन् । यसमा बेलायत र क्यानडाका विश्वविद्यालय पनि परेका छन् । यहाँ विश्वका २० उत्कृष्ट विश्वविद्यालय प्रस्तुत गरिएको छ ।
१. हार्भड युनिभर्सिटी
हार्भड युनिभर्सिटी अमेरिकामा रहेको छ । स्कुलको वेबसाइटका अनुसार यसको विदेशमा २०० अध्ययन र आदान–प्रदान (एक्सचेन्ज) कार्यक्रम रहेका छन् ।
२.मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजी
अमेरिकामा रहेको यो मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजीमा प्रत्येक अन्तर्राष्ट्रिय विद्यार्थीलाई समर्पित सल्लाहकार तोकिएको हुन्छ र जसले भिषा र रोजगारीको विषयमा उत्तर दिने गर्छन् ।
३.स्ट्यानफोर्ड युनिभर्सिटी
अमेरिकामा रहेको यो स्ट्यानफोर्ड युनिभर्सिटीमा प्रत्येक शैक्षिक वर्षमा झन्डै आधा कक्षा विदेशमै संचालन हुने गरेको स्कुलको वेबसाइटले जनाएको छ ।
४.युनिभर्सिटी अफ क्यालिफोर्निया– बर्कले
अमेरिकामा रहेको युनिभर्सिटी अफ क्यालिफोर्निया–बर्कलेमा रहेको अन्तर्रांष्ट्रिय विद्यार्थीको कार्यालयले विभिन्न सेवा दिँदै आएको छ । यसमा विद्यार्थी भिषा सुझाव र अन्तरसांस्कृतिक तालिम लगायका सेवाहरु पनि रहेका छन् ।
५. युनिभर्सिटी अफ अक्सफोर्ड
बेलायतमा रहेको यो युनिभर्सिटी अफ अक्सफोर्डमा एक तिहाई विद्यार्थी अन्तर्राट्रिय नागरिक रहेका छन् । उनीहरु १५० भन्दा बढी मुलुकका हुन् ।
६.क्यालिफोर्निया इन्सटिच्यूट अफ टेक्नोलोजी
यो विश्वविद्यालयमा अन्डरग्रेजुयट विद्यार्थीले ६ विदेशी अध्ययन कार्यक्रमबाट छनौट गर्ने अधिकार राख्छन् । यसमा बेलायत, डेनमार्क, फ्रान्स, स्कटल्यान्ड र अस्ट्रेलिया रहेका छन् ।
७. कोलम्बिया युनिभर्सिटी
यो विश्वविद्यालयले पढाउन र अनुसन्धानधको साझेदारीका लागि विश्वभरीका विज्ञ सहित ९ ओटा विश्वव्यापी केन्द्रबाट काम गरिरहेका छ । यो युनिभर्सिटी अमेरिकामा अवस्थित छ ।
८.प्रिन्सटन युनिभर्सिटी
यो विश्वविद्यालय पनि अमेरिकामै अवस्थित छ । यसले सांस्कृतिक चोट पुगेका र घरमोहबाट संघर्ष गरिरहेका अन्तर्राष्यिट्रय विद्यार्थीहरुलाई सल्लाह र सुझावको सेवा दिने गरेको छ ।
९.युनिभर्सिटी अफ क्यामब्रिज
बेलायतमा रहेको यो विश्वविद्यालयमा झन्डै २५ प्रतिशत अन्डरग्रेजुयट विद्यार्थी र आधा भन्दा बढी ग्रेजुयट विद्यार्थी बेलायत बाहिरका हुने गरेका छन् ।
१०. युनिभर्सिटी अफ वासिङटन
यो विश्वविद्यालय अमेरिकामा अवस्थित रहेको छ । यसको विश्वव्यापी साझेदारीका कारण विश्वभरी प्रभावित रहदै आएका मानिसहरुको समस्या समाधान गर्ने प्रयास गर्छ ।
११. जोन हपकिन्स युनिभर्सिटी
अमेरिकामा रहेको यो जोन हपकिन्स युनिभर्सिटीको ४० प्रतिशत अन्डरग्रेजुयट विद्यार्थीको ग्रेजुयसन हुनुपूर्व अन्तर्राष्ट्रिय अनुभव रहदै आएको छ । पछिल्लो समयमा नेपालको मीडियाहरुले पनि यसै विश्वविद्यालयको तथ्यांकलाई आधार मानेर कोरोनाको समाचार अपडेट गर्र्दै आएका छन् ।
१२. याले युनिभर्सिटी
याले युनिभर्सिटी अमेरिकामा अवस्थित रहेको छ । यसले स्कुलबाट वित्तीय सहयोग पाइरहेका अन्डरग्रेजुयट विद्यार्थीका लागि एक गृष्मकालिन विदेशी भ्रमणका लागि प्रस्ताव गर्दै आएको छ ।
१३. युनिभर्सिटी अफ शिकागो
यो युनिभर्सिटी पनि अमेरिकामै अवस्थित छ । यसले ग्लोबल भोइसेस लेक्चर सिरिज कार्यक्रमको अंशको रुपमा मुख्य विषयहरुमा महत्वपूर्ण व्यक्तित्वहरुलाई उनीहरुको धारणा र विचार राख्नका लागि आमन्त्रि गर्ने गरेको छ ।
१४.युनिभर्सिटी अफ क्यालिफोर्निया–लस एन्जलस
यो विश्वविद्यालय अमेरिकामा अवस्थित छ । यसले प्रत्येक वर्ष विश्वका ९० देशबाट विद्यार्थी लिने गरेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ ।
१५. युनिभर्सिटी अफ क्यालिफोर्निया–सन फ्रान्सिस्को
यो विश्वविद्यालयमा विद्यार्थीहरुले ४५ मुलुकहरुमा १०० अध्ययन कार्यक्रमको छनौट गर्न पाउनेछन् ।
१६. युनिभर्सिटी अफ पेनशिल्भानिया
यो विश्वविद्यालयल पनि अमेरिकामै अवस्थित छ । यसभित्र १२ स्कुलहरु रहेका छन् । जुन विभिन्न शैक्षिक कार्यक्रम अन्तर्गत आबद्ध रहदै आएका छन् ।
१७. युनिभर्सिटी अफ मिचिगन–एन आरबर
युनिभर्सिटी अफ मिचिगन–एन आरबरले प्रचुर मात्राको अनुभवको माध्यमबाट विद्यार्थीलाई अमेरिका बाहिर रोजगारीको अवसर खोज्नका लागि सहयोग गर्छ ।
१८. युनिभर्सिटी अफ टोरन्टो
युनिभर्सिटी अफ टोरन्टोमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अनुपात २१ प्रतिशत रहेको छ । संक्रमणकालिन सल्लाहकारहरुले यी विद्यार्थीहरुलाई क्यानडमा समायोजन हुन र क्याम्पसमा सहभागी हुनका लागि सल्लाह दिने गर्छन् ।
१९. युनिभर्सिटी अफ क्यालिफोर्निया–सान डियागो
अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया–सान डियागोको मासिक अन्तरसांस्कृतिक सामाजिक समयले अन्तर्राष्ट्रिय र घरेलू विद्यार्थीका लागि अन्तरक्रियात्मक र उनीहरुको संस्कृती आदान–प्रदानका लागि अवसर उपलव्ध गराउने गर्छ ।
२०. इम्पेरियल कलेज लन्डन
संयुक्त अधिराज्यको इम्पेरियद कलेज लन्डनका अन्डरग्रेजुयट विद्यार्थीले विदेशमा १ वर्ष अध्ययन गर्न पाउछन् र उनीहरुले अन्तर्राष्ट्रिय साझेदार विश्वविद्यालयमा महत्वपूर्ण अनुसन्धानको अनुभव लिन पाउने छन् ।