नेपाल बङ्गलादेश बैंकद्वारा बिमा दावी रकम हस्तान्तरण «

नेपाल बङ्गलादेश बैंकद्वारा बिमा दावी रकम हस्तान्तरण

नेपाल बङ्गलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बिमा सुविधा अन्तर्गतको बिमा रकम दाबी भुक्तानी गरेको छ । यस अन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खाताबाहक शाङ्गे शेर्पाको दुर्घटनामा परी निधन भएपछि सो खातामा रहेको बिमाबापतको एक लाख ५० हजार रुपैयाँ शेर्पाकी पत्नी पेमलमु शेर्पालार्ई हस्तान्तरण गरिएको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सोमबार उक्त रकम शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्