Logo

सञ्चारकर्मीलाई प्रभु बैंकको सहयोग

प्रभु बैंकका सीईओ अशोक शेरचनले लकडाउनमा अग्रपंक्तिमा रहेर समाचार संकलनमा खटिएका बागलुङका पत्रकारहरूलाई प्रेस ज्याकेट, मास्क तथा सेनिटाइजर वितरण गरेका छन् । ती सामग्री आइतबार नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा पत्रकारलाई हस्तान्तरण गरिएका छन् ।
शेरचनले पत्रकार महासंघ बागलुङ अंकित प्रेस ज्याकेट ५० थान, १५ लिटर सेनिटाइजर र ३ सय थान मास्क सहयोग गरेका हुन् । कोरोनाले आक्रान्त बनाएको र मानव सभ्यतालाई नै संकट परेका बेला साथ सहयोगको हातेमालो गर्नुपर्ने शेरचनको भनाइ छ । उनले पत्रकार महासंघको भवनमा सुविधासम्पन्न सूचना केन्द्र निर्माणमा सघाउने वचनसमेत दिएका छन् । शेरचनले दैवी प्रकोप र संकटका बेला आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।
यसअघि शेरचनले गृहजिल्ला बागलुङका १० वटा स्थानीय तह र स्वास्थ्य संस्था तथा अस्पताललाई पीपीई, थर्मल गन, सेनिटाइजर, मास्क तथा ग्लोब्सलगायत स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्