तुलसीराम गौतम सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत

तुलसीराम गौतम सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत
काठमाढौं, १ चैत (कास) : सेञ्चुरी बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा ०७५ वैशाख १९ गतेदेखि लागू हुने गरी तुलसीराम गौतमलाई नियुक्त गर्ने गरी बैंकले बुधबार सम्झौता गरेको छ । गौतमले नेपाल बैंकबाट बैंकिङ सेवा प्रारम्भ गरी सोमा १३ वर्ष, नेपाल इन्डोसुइज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुछ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा रही ४ वर्ष पूरा गरी अनुभवि बैंकरका रूपमा परिचित छन् ।
गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ र वित्त विषयमा स्नातकोत्तर गरेका छन् भन्दै बैंकले गौतमको अनुभवबाट विशिष्ट पहिचान बनाउनुका साथै थप प्रगति गर्ने विश्वास लिएका छ । बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको पनि जनाएको छ ।