Logo

प्रभु बैंकमा आगलागी

चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत् चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्