Logo

बागलुङको बरेङ र कास्कीको माछापुछ्रेमा प्रभु बैंकको शाखा कार्यालय

 प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा १ र कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका–२ स्थित बैंकको बरेङ शाखाबरेङ गाउँपालिकाकी अध्यक्ष कृष्णप्रसाद शर्माबाट एक समारोहकाबीच उद्घाटन भएको भन्दै प्रभु बैंकले कास्की जिल्लामा माछापुछ्रे गाउँपालिका–४ स्थित माछापुछ्रे शाखा माछापुछ्रेगाउँपालिकाकी उपाध्यक्ष सुष्माकुमारी दबाडीबाट उद्घाटन भएको जनाएको छ । शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको पनि प्रभु बैंकले जनाएको छ । शुक्रबारदेखि सञ्चालनमा आएका बैंकका बरेङ शाखा कार्यालय र माछापुच्छ«े शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ–संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्