विद्यालयमा कोरोना संक्रमण रोक्न सजगता

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएपछि विद्यालय बन्द गर्ने कि सम्भावित संक्रमण हुनुअघि नै बन्द गर्ने भन्ने विषयमा विभिन्न तर्कहरु आइरहेका छन् ।
सरकारले विद्यालयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै फागुन २१ गते सूचना निकाले पनि विद्यालय भने चैत ५ गतेपछि मात्र बन्द हुनेछन् । कतिपय अभिभावकले सूचना निकालेको १५ दिनपछि विदा गराउन गरिएको सरकारी निर्णयलाई अपरिपक्व समेत भनेका छन् । महामारी भनेको पैmलिएपछि नियन्त्रण प्रयास गर्ने विषय नभएको समेत अभिभावकको भनाइ छ । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन विद्यालयलाई निर्देशन दिइरहेको भए पनि कतिपय स्कुलले पहिलो चरणमा होशियारी अपनाउन प्रयोग गरिने मास्क र सेनिटाइजरको समेत व्यवस्था गरेको पाइएको छैन ।
अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारले सामुदायिक विद्यालयमा संक्रमण रोक्न साधारण विषयमा समेत सहयोग नगरेको बताए । “सामुदायिक विद्यालयमा साबुन, मास्क र सेनिटाजर व्यवस्था गर्नुपर्ने थियो,” अध्यक्ष पुरीले भने “अभिभावकसँग चर्को शुल्क उठाउने निजी विद्यालयले समेत मास्क र सेनिटाइजर प्रयोग गरेका छैनन् ।”
नेपालमा कोरोना भाइसर संक्रमण छैन भनेकै आधारमा कतिपय निजी र सामुदायिक विद्यालयले हेल्चेक्र्याइँ गरेको पाइएको छ । ‘संक्रमणको त्रास होइन, होशियारी अपनाउनु पर्छ’ भन्ने विषयलाई विद्यालयले नै पालना नगरेका पाइएको छ । विश्वव्यापी रुपमा पैmलँदै गएको कोरोना भाइरस संक्रमण भिडभाड हुने क्षेत्रमा एक अर्कालाई सर्ने सम्भावना भए पनि नेपालका विद्यालय अभैm पनि संचालन भइरहेका छन् । सरकारले निजी तथा सामुदायिक विद्यालयमा संचालन गरिने वार्षिक परीक्षा चैत ५ गतेसम्म समाप्त गर्नु पर्ने जनाए पनि संक्रमण त्यसअघि हुन सक्ने सम्भावनालाई भने बेवास्ता गरिएको छ । सरकारले निजी तथा सामुदायिक विद्यालयमा वार्षिक परीक्षा तत्काल संचालन गर्न र भाइरसको सम्भावित संक्रमण रोक्ने उपायहरु अपनाउन निर्देशन भने दिएको छ । कतिपय विद्यालयले मात्र भाइरस संक्रमण हुन नदिन मास्क, सेनिटाइजरको व्यवस्था गरेपनि विद्यालय नै पूर्णरुपमा बन्द भने गरिएको छैन ।
कोरोना सचेतना शिक्षा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न बिद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा अनुरोध गरेको छ । मन्त्रालयले विद्यालय र शिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्वन्धमा रोकथामका कार्य गरी सचेतना जगाउने कार्यक्रम गर्न निर्देशन दिएको हो ।
सरकारको निर्देशनमा विद्यार्थीहरुलाई हरेक दिन संक्रमणबाट बच्ने उपायहरुबारे वताउनु पर्ने जनाइएको छ । कक्षा शिक्षकले विद्यार्थीहरुलाई हरेक दिन कोरोना भाइरसवारे सूचना तथा जानकारी उपलब्ध गराउने, संक्रमणबाट बच्ने उपायहरु सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गर्नु पर्ने छ ।
विद्यालय संचालन हुने समय अभैm एक हप्ता रहेकाले सरकारले कोरोना भाइरस सम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका वेबसाइटहरुको ठेगानाबारे जानकारी दिएर सवै विद्यार्थीहरुलाई सूचित हुने अबस्था सिर्जना गर्न अनुरोध गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको छ ।
उनका अनुसार स्वास्थ्यका दृष्टिले सुरक्षित हुन बानी र व्यवहारहरु अवलम्बन गर्न सुझाव दिँदै भीडभाड भएको ठाउँमा सकभर नजाने विषयमा विद्यार्थीलाई जानकारी गराउनु पर्ने छ । विद्यालयलाई सामूहिक पिकनिक वा शैक्षिक भ्रमण जस्ता कार्यक्रम स्थगन गर्न समेत अनुरोध गरिएको छ । सम्भावित संक्रमण रोक्न शिक्षण संस्थाहरुबीच सूचनाको नेटवर्क गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ ।
आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था गर्न विद्यालय र शिक्षण संस्थामा फोकल पोईन्ट तोक्ने, अनावश्यक हल्लाले विद्यार्थीहरुलाइ त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउने, संक्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवम् एकान्त र अलग्गै राख्ने र फैलन नदिने व्यवस्था गर्नु पर्ने छ । विद्यालयले सरकारी आधिकारिक निकायबाट आउने सूचना सवैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्नु पर्ने छ । विद्यालयमा ठूलो संख्यामा शंकाष्पद विरामी भेटिए शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सम्पर्क डेस्कहरुवाट थप सूचना वा जानकारी लिने र सोही बमोजिम सूचना एवम् जानकारीहरु सम्प्रेषण गर्ने गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
संक्रमणभन्दा ठूलो होइन विद्यालयको परीक्षा
केशव पुरी
अध्यक्ष, अभिभावक संघ नेपाल
कोरोना भाइरसको संक्रमणका लागि नेपाल जोखिमपूर्ण देश रहेको भनिरहेका बेला सरकारले परीक्षाका नाममा विद्यालय संचालन गर्न दिनु आम अभिभावक र विद्यार्थीको स्वास्थ्यमाथिको खेलवाड हो । दु्रत गतिमा पैmलन सक्ने महामारी नेपालमा पैmलन नदिन चालिने कदम भन्दा परीक्षा ठूलो कुरा होइन ।
सुविधा सम्पन्न देशलाई महामारी नियन्त्रण गर्न महिनौ लागेको अवस्थामा नेपाल जस्तो सुस्त कार्यसम्पादन र पूर्वाधार नभएको देशमा त्रास पैmलन सक्छ भनेर विद्यालय संचालन गर्न दिइरहनु मुर्खता हो । सरकारले संक्रमण पैmलन नदिन साधारण सूचना निकालेर मात्र हुँदैन । विद्यालय भित्र गरिने रोकथामका उपायको अनुगन र यसका लागि आवश्यक पर्ने मास्क, सेनिटाइजर, सावुन जस्ता वस्तु वितरण गर्नु पर्छ । निजी विद्यालयले त आपैmँ किनेर प्रयोग गर्न सक्ने भएपनि सामुदायिक विद्यालयका लागि यस्ता बस्तु उपलब्ध गराउन सरकार असफल भएको छ ।
यति त सरकारले गरेन, त्यसमाथि निजी विद्यालयले समेत विद्यालयमा साधारण होशियारी नअपनाएको पाइएको छ । सरकार र विद्यालयले संक्रमण रोक्न प्रयास नगरेको अवस्थामा आम अभिभावक सजक हुनु पर्ने देखिएको छ । कोरोनाको संक्रमण पैmलने सम्भावना अभैm बाँकी रहेकाले ५ गतेसम्म पनि विद्यालय, शिक्षक, अभिभावक र सरकार अझ सचेत हुनु पर्ने देखिएको छ ।