Logo

सिद्घार्थ बैंकद्वारा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम

सिद्घार्थ बैंक लिमिटेडलेयूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशकाविभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालनगर्दै आएकोमा दाङको तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरणगर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्