सेञ्चुरी कमर्सियल बैंक र होटल अन्नपूर्णबीच सम्झौता «

सेञ्चुरी कमर्सियल बैंक र होटल अन्नपूर्णबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र काठमाडौंस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटल डेल अन्नपूर्णका साथै सो होटल अन्तर्गत जगतपुर लज, चितवन तथा फिसटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट महसुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १ सय ५५ रुपैयाँसम्मको छुट पाउने बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्