आईफोन एक्सभन्दा हुवावेको स्मार्टफोन उत्कृष्ट

बेइजिङ-हुवावेको आगामी पी–२० स्मार्टफोन एप्पलको आईफोन एक्सभन्दा धेरै राम्रो हुने उपभोक्ता व्यवसायका प्रमुख रिचार्ड यूले बताए ।
हुवावेको यो पी–२० फोन आगामी महिना पेरिसमा आयोजना हुने कार्यक्रममा लन्च गरिने कार्यक्रम छ ।
हुवावेको मेटबुक एक्स प्रो ल्यापटप लन्च गरेपछिको छोटो जानकारीमा युले वृद्धि विकासका लागि कम्पनीले कसरी लगानीलाई निरन्तरता दिने बताएका थिए ।
उनको यो जानकारीको रेकर्ड गर्न रिपोर्टरहरूले आईफोनका विभिन्न मोडलको प्रयोग गरिरहेका थिए । हुवावेको नयाँ आविष्कारका बारेमा जानकारी गराइरहेका बेला उनले आईफोन एक्स उठाएका थिए । उनले हुवावेको पी–२० एप्पलको आईफोन एक्सभन्दा कसरी राम्रो हुन्छ भन्ने विषयमा पनि जानकारी गराएका थिए । हाल आईफोन एक्सको मूल्य ९ सय ९९ डलर पर्छ ।
“क्यामेरा प्रविधिमा हाम्रो विशेष आविष्कार हुनेछ । यो अन्य सबै फोनभन्दा धेरै राम्रो हुनेछ,” यूले भने । “सम्भवतः म भद्र नहुन सक्छु, तर हाम्रो उत्पादन राम्रो छ । यो धेरै राम्रो छ,” उनको भनाइ थियो ।
हुवावेका स्मार्टफोन बजार प्रवेश छोटो अवधिका लागि मात्रै भएको छ । तर तीव्र दरमा वृद्धि गरेर बजार हिस्साका आधारमा विश्वकै तेस्रो ठूलो खेलाडी बन्न सफल भएको छ । यो एप्पल र सामसङ पछाडि रहेको छ । आगामी केही वर्षको अवधिमा हुवावेले एप्पललाई पछाडि पार्ने युले बताए ।“विश्वव्यापी रूपमा हामी शीर्ष ३ को आपूर्तिकर्ता हौं । तर, सम्भवतः यो वर्ष तथा आगामी वर्ष वा एक–दुई वर्षको अवधिमा हाम्रो बजार हिस्सा शीर्ष २ मा हुनेछ । हामी मजबुत अवस्थाको वृद्धि हासिल गर्नेछांै । ढिलो वा चाँडो हामी बजार हिस्साका आधारमा पहिलो नम्बरको स्मार्टफोन हुनेछौं,” यूले भने ।