हुवावेले चीनमा मात्रै १० करोड फाइभ–जी फोन बेच्ने

बेइजिङ-धेरैभन्दा धेरै अपरेटरले अर्को पुस्ताको नेटवर्कमा जाने तयारी गरेसँगै फाइभ–जीको युग नजिकिएको छ । यसै सन्दर्भमा चीनको दूरसञ्चार कम्पनी हुवावेले आफ्नो व्यापक आन्तरिक माग पूरा गर्नका लागि चिनियाँ बजारमा मात्रै २०२० मा १० करोड स्मार्टफोनको ढुवानी गर्ने भएको छ ।
जापानी विद्युतीय कम्पनी ताइयो युडेनका प्रमुख कार्यकारीले यस्तो बताएका हुन् । यो कम्पनीले विभिन्न स्मार्टफोन कम्पनीहरूलाई सेरामिक क्यापासिटर्सको आपूर्ति गर्दै आएको छ ।
अन्य चिनियाँ कम्पनीहरू जेडटीईसँग हुवावेले थप फाइभ–जी आधार स्टेसन बनाउनका लागि कम्पोनेन्टका लगि थप अर्डर गरेको उनले एक अन्तर्वार्तामा बताएका हुन् ।
“हामीले फाइभ–जी आधार स्टेसनका लागि पहिले नै अर्डर पाएका छौं,” उनले यसै साताको सुरुमा बताए । “अर्को वर्षको सुरुमा हामीले फाइभ–जीसँग सम्बन्धित स्मार्टफोनका लागि अर्डर आउने पाएका छौं,” उनले बताए ।
अमेरिकाले आफ्ना गठबन्धन मुलुकहरूलाई हुवावे बहिष्कार गर्नका लागि आग्रह गरिरहे बाबजुद यो बढ्दो माग आएको हो । वासिङ्टनले पहिले नै हुवावेलाई कालो सूचीमा राखिसकेको छ । तर, युरोपेली मुलुकहरू यसो गर्ने वा नगर्ने भन्ने विषयमा अझै विभाजित देखिएका छन् ।
जापानी आपूर्तिकर्ताको प्रमुख ग्राह हुवावेलाई अमेरिकाले लगाएको प्रतिबन्धले ताइयो युडेनलाई घाटा हुन सक्छ, तर आफ्ना अन्य ग्राहकहरू सामसङले पनि फाइभ–जी ल्याउन लागेकाले यो कम्पनीको सेयर मूल्यमा यो वर्षको सुरुदेखि हालसम्मको अवधिमा दोब्बरले वृद्धि भएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पल पनि २०२० मै फाइभ–जीको दौडमा प्रवेश गर्ने तरखरमा रहेको छ ।
हुवावेलाई सुपर फास्ट नेटवर्कको विकासको अग्रणीका रूपमा लिइँदै आएको छ ।