कोसी अस्पतालमा प्रभु बैंकको काउन्टर «

कोसी अस्पतालमा प्रभु बैंकको काउन्टर

मोरङ जिल्ला विराटनगर महानगरपालिका–७ स्थित कोसी अस्पतालमा प्रभु बैंकले सोमबारदेखि आप्mनो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
कोसी अस्पताल परिसरमा सोमबार दिउँसो २ बजे कोसी अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहकाबीच प्रभु बैंक कोसी अस्पताल एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका थिए । कोसी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा कोसी अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीहरूलाई बैंकिङ सेवा उपलब्ध हुनेछ ।
बैंकले उपचारको सिलसिलामा कोसी अस्पतालमा आउने सेवाग्राहीहरूले बुझाउनु पर्ने जुनसुकै रकम बिना झन्झट सरल एवं सहज रूपमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा जम्मा गर्नपाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्