प्रभु बैंक र जावलाखेल युवा क्लबबीच सम्झौता «

प्रभु बैंक र जावलाखेल युवा क्लबबीच सम्झौता

प्रभु बैंक र ललितपुर जिल्ला ललितपुर महानगरपालिका– १३, जावलाखेलस्थित जावलाखेल युवा क्लबबीच प्रभु बैंक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
ललितपुर जिल्ला झम्सिखेलस्थित होटल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्पmबाट अध्यक्ष महेन्द्र क्षेत्रीले आइतबार एक समारोहकाबीच हस्ताक्षर गरेका छन् । जावलाखेल युवा क्लबसँगको सम्झौतापश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहने भन्दै बैंकले आप्mनो सामाजिक उत्तरदायित्वअन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद २५ लाख रुपैयाँ उपलब्ध गराउने तथा सोबापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रूपमा प्रभु बैंक रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्