निरन्तर घट्दै नेप्से

काठमाडौं- यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अंकले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय चार कम्पनीको एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता शेयर ९१ हजार तीन सय ६४ पटकको खरिद बिक्री हुँदा रु तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० बराबरको कारोबार भएको छ । आजको कारोबारमा ९१ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ४१ कम्पनीको शेयर मूल्य घटेको छ । सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने सिटिजन्स म्युचुअल फण्ड–२ को शेयर मूल्य पाँच दशमलव ०३ प्रतिशतले घटेको छ । बिहीबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यो कम्पनीको रु २८ करोड ६७ लाखबराबरको कारोबार भएको हो । कारोबार भएका शेयर संख्याका आधारमा भने ङ्यादी ग्रुप पावर लिमिटेडको पाँच लाख ९९ हजार सात सय ६१ कित्ता शेयर किनबेच भएको छ ।