दाङको घोराहीमा आईएमई जनरल इन्स्योरेन्सको शाखा

आईएमई जनरल इन्स्योरेन्सले दाङको घोराहीमा बिहीबारदेखि थप शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, केन्द्रीय सदस्यहरू भरतराज आचार्य तथा धु्रवराज श्रेष्ठ भारीले गरे । शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारीहरूलयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू सहकारी संस्थाका प्रमुखहरू तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।
शाखाको उद्घाटन कार्यक्रममा ढकालले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै ग्राहक महानुभावहरूलाई सर्वसुलभ तरिकाले बिमा सेवा प्रदान गर्दै निर्जीवन बिमाको क्षेत्रमा एक अग्रणी बिमा कम्पनीका रूपमा स्थापित हुन सकोस भनी शुभकामना दिए । त्यसैगरी स्थानीय उद्योगी व्यपारीलगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूलाई आईएमई जनरल इन्स्योरेन्ससँग आफ्नो व्यवसाय तथा सम्पत्तिको बिमा गराएर उच्चकोटीको सेवा लिन पनि उनले आग्रह गरे ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरूलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको बिहीबार उद्घाटन भएको शाखासहित २७ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउन्टरहरू र प्रधान कार्यालयसहित ४१ स्थानबाट सेवाग्राहीहरूलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी गराउँदै निकट भविष्यमानै थप १३ शाखा तथा उपशाखा कार्यालयहरू खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।