Logo

एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानलाई दुधको भुक्तानी गर्न निर्देशन

काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दुधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले कारोबार भएको एक महिनाभित्र किसानहरुलाई दुधको भुक्तानी गर्न दुधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताएका हुन् । उनले दुधसँग सम्बन्धित संस्थाहरुको समस्या समाधानका लागि मन्त्रालयले उनीहरुको स्टक रहेको दुधलगायतका उत्पादनहरुलाई धितो राखि सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताए ।

दुधसम्बन्धि संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाइ थियो । मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्