स्नातकोत्तर सञ्चालनका लागि महायज्ञ «

स्नातकोत्तर सञ्चालनका लागि महायज्ञ

ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तह सञ्चालनका लागि महायज्ञ लगाएको छ । आर्थिक संकलन गर्ने उद्देश्यले लगाइएको महायज्ञ फागुन २ गतेसम्म चल्नेछ । पहिलो दिन नै ५ लाख ४८ हजार संकलन भएको बताइएको छ । तुलादान गर्नेले पनि नाम लेखाएका छन् ।
पूर्वाधार निर्माण, स्तरीय कक्षा सञ्चालनका लागि आवश्यक पर्ने रकम संकलन गर्ने उद्देष्यले यज्ञ लगाइएको हो । जुनसुकै बेला सम्बन्धन नपाइने भएकाले पनि क्याम्पस स्नातकोत्तर तह सञ्चालनका लागि बाध्य हुनुपरेको क्याम्पस प्रमुख मोहन कुमार राईले बताए । महायज्ञबाट कम्तिमा अढाई करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । २०४७ सालमा स्थापना भएको क्याम्पसमा हाल मानविकी, शिक्षा र व्यवस्थापन विषयको स्नातक तहसम्मको पढाइ हुदै आएको छ । अहिले वार्षिक डेढ सयको हाराहारीमा विद्यार्थी स्नातकोत्तर तह पढ्नका लागि जिल्लाबाहिर जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्