Logo

घट्यो हवाई भाडा

फाइल तस्बिर ।

हवाई इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ ।

सोमबार राति १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै निजी वायुयान कम्पनीहरुले हवाई भाडा घटाएका छन् । निगमले आन्तरिक हवाई इन्धनको फ्यूल चार्जमा प्रतिलिटर १४ रुपैयाँ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम (हाल उडान भरिरहेका गन्तव्यमा) ६ सय १५ रुपैयाँ र न्यूनतम ६० रुपैयाँ हवाई भाडा घटाएको हो ।

निजी वायुयान कम्पनीहरुको छाता संघले मगलबारदेखि मूल्य घटाएको हो । घटाएको भाडा दरमा अधिकतम काठमाडौं–धनगडीमा ६ सय १५ र लुक्ला–फाप्लु,डोटी–साफे बगरमा न्यूनतम ६० रुपैयाँ रहेको छ । काठमाडौं–माउण्टेन फ्लाइटको ४८५ रुपैयाँ, काठमाडौं–भद्रपुरको ४२०, काठमाडौं–बिराटनगरको ३३५, काठमाडौं–जनकपुरको १८०, काठमाडौं–भरतपुर १५० रुपैयाँ भाडा घटाएको छ ।

त्यसैगरी, काठमाडौं–पोखराको २२५ रुपैयाँ, काठमाडौं–भैरहवाको २८५, काठमाडौं–नेपालगञ्जको ४५५,काठमाडौं–धनगढीको ६१५,काठमाडौं–तुम्लिङटारको २६०,काठमाडौं–सिमराको १२५, काठमाडौं–सुर्खेत ४८५, काठमाडौं–राजबिराजको २८५ रुपैयाँ भाडा घटाएको संघले जनाएको छ । स्वचालित प्रणाली अनुसार घटाएको (फ्यूल चार्ज) हवाई भाडा घटाएको हो ।

निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मटीतेलमा ८/८रुपैयाँ घटाएको छ भने आन्तरिक हवाई इन्धनमा १४ र बाह्य हवाई इन्धनमा १५ (अमेरिकन डलर) घटाएको थियो । हवाई ईन्धनको मूल्य घटेसँगै प्राधिकरणले स्टल (ग्रामिण क्षेत्रका) रूटमा प्रतिसिट प्रतिमिनेट ५१.६८ रुपैयाँ र ट्रंकत (सुगमका क्षेत्रमा) प्रतिसिट प्रतिमिनेट ७२.३४ रूपैयाँका निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्