जग्गाको कित्ताकाट फुकुवा गर्ने

सरकारले लामो समयदेखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन् । उनले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरी घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताए ।
उनले महानगर र उपमहानगरमा वेज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने घोषणा गरेको हो । उनले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याइने बताए । उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन गर्ने बताए ।
उनले सरकारले उत्पादन र रोजगारः समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताए । उनले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने बताए । उनले उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए ।