Logo

वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस

फाइल तस्बिर ।

राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी) की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् ।

उनले प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसद्हरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको छ । प्रस्ताव पेस गर्दै साहले नेपाली जनताका समस्या समाधान गर्दै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताए ।

उनले मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरु तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने बताए । उनले मुलुक आर्थिक रुपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनको लागि सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको बताए । उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु राष्ट्रिय रोग जस्तो भएको बताए । उनले सरकारले विकास खर्च गर्न नसक्दा मुलुकको विकास महँगो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्