चट्याङको चिन्ता : ११ वर्षमा हजारको मृत्यु

प्रि–मनसुनको बेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै वर्षेनि झण्डै सय जनाको ज्यान लिँदै आएको छ ।
प्रि–मनसुन सुरु भएसँगै चट्याङजस्ता प्राकृतिक विपत्तिको पनि जोखिम बढेको छ । चट्याङका कारण वर्षेनि सयौं नागरिकले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ । चेतनाको कमी, सरकारी निकायको असंवेदनशिलता तथा कमजोर कार्यप्रणालीका कारण जोखिम घट्नुको सट्टा बढिरहेको छ ।
चट्याङको सटिक पूर्वानुमान हुन नसक्दा पनि यसबाट हुने क्षति घटाउन सकिएको छैन । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २०६८ देखि २०७८ सालसम्मको १० वर्षमा २४ सय २७ वटा चट्याङका घटना भएका छन् र १ हजार २४ जानाको मृत्यु भएको छ ।
२०६८ सालमा १ सय ३ जना, २०६९ मा १३१, २०७० मा १११, २०७१ मा १२६ जनाको मृत्यु भएको छ । त्यसैगरी २०७२ मा ८३ जाना, २०७३ मा ११४ जना, २०७४ मा १०५ जना, २०७५ मा ६८ जना, २०७६ मा ८८ जना, २०७७ मा ७० जना र २०७८ सालमा ५६ जनाले चट्याङका कारण ज्यान गुमाउनु परेको छ । यस अवधिमा करिब साढे ८ करोडको आर्थिक क्षति पनि भएको प्राधिकरणको तथ्यांक छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट उठ्ने मनसुन वायुको सक्रियता सुरु हुनु अगावै नेपालमा पूर्व मनसुनी वायुको तीव्र बढ्छ । प्रि–मनसुनका बेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै वर्षेनि झण्डै सय जनाको ज्यान लिँदै आएको छ । नेपालमा बढीजसो चैत, वैशाख र जेठ महिनामा चट्याङले असर गर्ने विभागको भनाइ छ ।
विभागकी सूचना अधिकृत विभूति पोखरेलले खासगरी प्रि–मनसुनको समयमा चड्याङ पर्ने गरे पनि पछिल्लो समय मनसुनको अवधिमा पनि चट्याङ पर्न थालेको बताइन् । “चट्याङसहित पानी पर्ने भनेर ३ दिनसम्मको पूर्वानुमान त गरिन्छ, तर कुन स्थानमा चट्याङको जोखिम बढी छ भन्ने विषयमा पूर्वानुमान गर्ने प्रविधि हामीसँग छैन,” उनले भनिन्, “बिजुली चम्कन सुरु गरेपछि नै खुला स्थानमा ननिस्कने, रुखमुनि नबस्ने लगायतका उपाय भने अपनाउन सकिन्छ ।”
विभागका अनुसार बादलको विपरीत दिशा आपसमा जुधेपछि करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ । चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । आकास गड्याङगुडुङ गर्न सुरु भएपछि खुला स्थानमा नबस्ने हो भने मात्रै पनि मानविय क्षति कम हुन सक्ने बताउँछिन् प्रवक्ता पोखरेल ।
कोही गाईभैंसी चराउन खुला ठाउँमा हुँदा, कोही खेतबारीमा काम गरिरहेको बेलामा र खुला ठाउँमा हिँडिरहेको बेलामा चट्याङबाट मृत्यु हुने गरेको छ । विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्ने र ठूलो रुख छेउछाउ, अग्ला टावरहरुमा चट्याङले सबैभन्दा बढी आक्रमण गर्ने गरेको बताउँछन्, विपत् व्यवस्थापनविद् धर्मराज उप्रेती ।
“असिनासहित पानी पर्दा चट्याङको सम्भावना बढी हुने गरेको छ । तसर्थ त्यो समयमा सतर्कता अपनाउनु जरुरी छ,” उनले भने, “चट्याङबाट हुने मानवीय क्षति कम गराउन सरकारले जनचेतना जगाउन आवश्यक छ । साथै घरको बिजुली प्रवाह हुने वायरिङमा विशेष ध्यान दिँदै अर्थिङ जडान गन सकिन्छ ।” बाढी, पहिरोलगायतका अन्य विपत्का घटना न्यूनीकरणमा राज्यको ध्यान जान थाले पनि चट्याङजस्ता प्राकृतिक विपत्ति न्यूनीकरणमा अझै राज्यको चासो बढ्न सकेको छैन ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता धु्रुवबहादुर खड्काले जनशक्तिको अभाव, चट्याङको पूर्वसूचना प्रविधिको विकास नहुँदा न्यूनीकरणमा समस्या आएको बताए । “चट्याङको पूर्वसूचना र पूर्वतयारी प्रभावकारी हुन सकेको छैन,” उनले भने, “तर हामीले यसबाट कसरी बच्न सकिन्छ भनेर जनचेतना जगाउने काम गरिरहेका छौं ।”
चट्याङबाट हुनसक्नेक्षति कसरी कम गर्ने ?
- आकाशमा बिजुली चम्केरगड्याङ् –गुडुङ् गर्नथालेपछि घरभित्र गइहालौँ ।
- रुख वा बिजुलीको पोलमुनि
कहिल्यै नबसौँ । - छातानओढौँ ।
- पौडी खेल्ने, डुङ्गा चलाउने
- खेतबारीमाकाम नगरौँ ।
- सुरक्षित ओत नभेट्दैचट्याङ परे दुवै हातलाईटाउको माथि राखीनिहुरिएर कुर्कुच्चो जोडेरथुचुक्क बसौँ । तर भुइँमालम्पसार परेर नसुतौँ ।
- घरभित्र हुनुहुन्छ भनेतारवाला फोनको प्रयोगनगरौँ ।
- टिभी र कम्यूटरजस्ताविद्युतीय उपकरण नचलाऔँ । बरु प्लगबाट छुटाईदिऔँ ।
- बाथरुमभित्र नुहाउने, कपडाधुने, भाँडा माझ्ने कामनगरौंँ।
- झ्याल, भर्याङ्ग र बरण्डाकोग्रिल र बार नछोऔँ ।
