सिद्धार्थ बैंकको बागलुङ शाखाको औपचारिक शुभारम्भ «
Logo

सिद्धार्थ बैंकको बागलुङ शाखाको औपचारिक शुभारम्भ

 सिद्घार्थ बैंकलेसोमबार बागलुङको बागलुङ बजारमा एक विशेष समारोहकाबीच बागलुङ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । सो शाखाकोे उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रूपमा गरेका थिऐ ।
यस शाखाबाट बैंकका अन्य शाखाहरूबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने भन्दै बैंकले यी शाखाबाट स्थानीय स्तरमा बैंकिङ पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलताको वृद्घिजस्ता आर्थिक गतिविधि बढ्ने र यस स्थानका व्यापारी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्