रुपन्देहीको कञ्चन र पश्चिम अमुवामा गण्डकी विकास बैंकको शाखाको «

रुपन्देहीको कञ्चन र पश्चिम अमुवामा गण्डकी विकास बैंकको शाखाको

गण्डकी विकास बैंकको रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकैदिन औपचारिक उद्घाटन भयो । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले गरे भने पश्चिम अमुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गरे ।
प्रमुख अतिथिको मन्तव्य राख्दै कञ्चन गाउँपालिकाका प्रमुख क्षेत्रीले गण्डकी विकास बैंक एक सबल र सक्षम विकास बैंक भएको र यसका शाखा सञ्जाल देशव्यापी रूपमा भएकाले यस क्षेत्रका जनताले पनि बैंकले प्रदान गर्ने वित्तीय सेवा सुविधाबाट लाभ लिने बताउदैं बैंकको सफलताको शुभकामना दिए । यस्तै, बैंकका अध्यक्ष गुरुङले गण्डकी विकास बैंक नेपालकै एक उत्कृष्ट बैंक भएकाले यसले दिने सेवा सुविधा पनि ग्राहकमुखी र उत्कृष्ट हुने विचार व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकका सेवालाई विविधिकरण र विशिष्टीकरण गर्दै लैजाने भन्दै बैंकको वर्तमान अवस्था र भावी कार्यकक्रमका बारेमा प्रकाश पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्