Logo

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम

ग्लोबल आइएमई बैंकले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । १८ औं वर्षम प्रवेश गरेको अवसरमा बैंकले सोमबार देशका सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम अन्तर्गत, प्रदेश १ को झापास्थित बिर्तामोड शाखा, मधेश प्रदेशको सिरहास्थित मिर्चैया शाखा, बाग्मती प्रदेशको काठमाडौंको कान्तिपथ र चितवनको भरतपुर शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

यस्तै गण्डकी प्रदेशको पोखरास्थित न्यूरोड शाखा, लुम्बिनी प्रदेशको दाङस्थित घोराही शाखा, कर्णाली प्रदेशको विरेन्द्रनगरस्थित सुर्खेत शाखा, र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित चौराहा र कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । देशभर आयोजित कार्यक्रममा ५१२ जनाले २४२ लिटर रगत दान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्