Logo

अस्पतालमा गोली प्रहार, ५ को मृत्यु

इस्लामावाद, पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच जना मानिसको मृत्यु भएको छ ।
पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लास्थित एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चारमाध्यमले मंगलबार जानकारी दिएको छ ।
सोमबार अबेर राति जिल्ला प्रमुख कार्यालयहरूको अस्पतालमा दुई समूहबीच भएको विवाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।
यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको बताइएको छ ।
घाइतेहरूमा थप ती जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्