Logo

सिभिल बैंक मुसिकोट शाखाद्वारा छात्रवृत्ति वितरण

सिभिल बैंक मुसिकोट रुकुम शाखाले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा जिल्लामा छात्रवृत्ति वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले मुसिकोट-१ रुकुम पश्चिम सल्लेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

त्यस्तै विद्यालयमा अध्ययनरत जेहेन्दार १ जना छात्रालाई ५ हजार छात्रवृत्ति रकम समेत प्रदान गरेको छ । चेक हतान्तरण गर्दै बैंकका शाखा प्रमुख नारायण पाण्डेले बैंकले विद्यार्थीमा थप शैक्षिक उत्प्रेरणा प्रदान गर्न यस्ता सहयोग तथा छात्रबृत्तिका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । बैंकले आफ्नो वार्षिकउत्सवको अवसरमा देशका विभिन्न शाखा कार्यालय मार्फत पनि विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्