Logo

पेट्रोलियम पदार्थको खपत घट्यो

पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ ।
नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कम भएको जानकारी दिएको छ । यसअघि, चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ ।
२३ कात्तिक २०७८ सम्म ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार ८१२ किलोलिटर डिजेलको खपत भएको थियो । जबकि, २३ कात्तिक २०७९ सम्म ४४ हजार ५१३ किलोलिटर पेट्रोल र ७८ हजार ४२६ किलोलिटर मात्र डिजेल खपत भएको छ ।
तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि र नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्यांकर चालकले भारतमै तेल हाल्दा र सीमानजिक हुनेले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुन सक्ने निगमको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्