Logo

त्रिवि शिक्षण अस्पताललाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई साढे चार लाख रुपैयाँबराबरको सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले चार लाख ५३ हजार ८४० रुपैयाँ मूल्यको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको हो । सो बारकोड रिडर र प्रिन्टर अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीलाई सहज हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।
बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीले सेवाग्राहीको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत गराउने उद्देश्यले उक्त सामग्रीहरु प्रदान गरेको बैंकको भनाइ छ ।
सहयोगका सामग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी सञ्चालक प्रो. डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरे । सो समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्