Logo

प्लस टु सुरु भएपछि स्थानीय खुसी

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित मरिचीमान माध्यमिक विद्यालयमा प्लस टु सुरु सञ्चालनमा आएपछि स्थानीय हर्षित भएको छ ।
गणतन्त्र र संघीयता कार्यान्वयनपछिको पहिलो स्थानीय सरकारको पाँंच वर्षे कार्यकालमा समेत उक्त विद्यालयमा कक्षा ११ र १२ अध्यापन गराउन कुनै पहल नगरेपछि आम जनसमुदायमा निराशा बनेका थिए ।
स्थानीयस्तरमा प्लस टु सञ्चालन भएपछि चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ६ र ७ का स्थानीयवासीको १५ वर्षे सपना साकार भएको स्थानीय मन्जुु सिंह बताउँछिन् ।
२०७९ वैशाखको स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्ष राजकुमार महतोको नेतृत्वमा गठन भएको स्थानीय सरकारले पहिलो तीन महिनाभित्र सम्पूर्ण पक्रिया पूरा गरी कक्षा ११ को अध्यापन सुरु गराउनु सुखद र सकारात्मक कार्य रहेको उनले बताइन् ।
स्थानीय रिषी माझिका अनुसार स्थानीयस्तरमा प्लस टु का विद्यालय नहँुदा किशोर किशोरीलाई उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो ।
विगत १५ वर्षदेखि चन्द्रनगर गाउँपालिकाका वडा न. ६ र ७ का अभिभावकले आफ्नै गाउँमा रहेको श्री मरिचीमान माविमा उच्च शिक्षा अध्यापन गराउनुपर्ने माग गर्दै आएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्