सानिमा थ्री इन वान खातामा सी–आस्वा र मेरो सेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् ।
साथै, थ्री इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारी लिन मिल्ने व्यवस्था गरेको छ । यो खाता खोल्न ग्राहकले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । खाता भइसकेका ग्राहकले समेत यसबाट सि–आस्वा तथा मेरो सेयरको सुबिधा लिन सकिनेछ ।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकले अनलाइन मार्फत दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सकिनेछ । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान वकाउन्ट मा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आईपीओमार्फत सेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सहभागी हुन सक्ने बैंकले जनाएको छ ।