Logo

अभियुक्तको पृष्ठभूमि आपराधिक

सहकारी लुटपाट प्रयास

सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार गरी फरार भएका ३ भारतीय नागरिक सहित ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारत विहारको शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी वार्ड न. ८ निवासी १९ बर्षिय रेहान भन्ने आलोक सिंह, जिल्ला वैशाली थाना उधोगी क्षेत्र ग्राम पंचायत सुल्तानपुर वार्ड न.१० निवासी १९ बर्षिय सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज गा्रम पंचायत हराज वार्ड न. १२ निवासी १९ बर्षिय गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका वार्ड न.१ सेखौना निवासी ३२ बर्षिय डिजे भनिने धिरेन्द्र सहनी छन् ।
बागमती नगरपालिका वार्ड न. १ मिलन चौकमा संचालित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्रमा कार्यरत साजन कार्कीमाथि गोली हानी फरार भएका अभियुक्तलाई पक्राउ गरी कर्तव्य ज्यान अपराधमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका एसपि प्रविण पोखरेलले जानकारी दिए । “सर्लाहीका विभिन्न स्थानमा रहेका वित्तिय संस्था तथा आर्थिक कारोबार हुने क्षेत्रमा लुटपाट गर्ने योजना रहेको बुझिएको छ,” उनले भने । उनीहरु पक्राउ परेपछि केही स्थानमा हुने लुटपाटको घटना हुनबाट जोगिएको उनको कथन थियो । गोडैता बजारमा भएको रेमिट्यान्स लुटपाटको घटना लगायत जिल्लाको अन्य घटनामा समेत उनीहरुको संलग्नता त छैन भनी समेत अनुसन्धान भइरहेको पोखरेलले बताए ।
प्रहरीले तिनै जना भारतीय नगरिकलाई बलरा नगरपालिका वार्ड न. ३ क्ष्मीपुरबाट पक्राउ गरेका छन् भने सहनीलाई धनकौल गाउँपालिका वार्ड न.१ बाट प्रकाउ गरेका हुन् । उनीहरु बामगती वार्ड न. २ मिलन चौकमा रहेका सगुन बचत तथा ऋण सहकारीले संचालन गरेको सेवा केन्द्रमा लुटपाट गर्न खोज्दा प्रतिकार गर्ने कर्मचारी लालबन्दी नपा. २ जुटपानी निवासी उक्त संस्थामा कार्यरत कार्कीमाथि गोलि फरार गरेका थिए ।
तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको थियो । घटना भएलगत्तै उनीहरु बाईकमा सवार भएर सोल्टी, बहरथवा र हजरिया हँदै बागमती नदी पार गरी रौतहटको पिपरा पुगेका थिए । फेरी उनीहरु रौतहटबाट बह्रमपुरीघाट हँुदै सर्लाहीको बागमती नदी पार गर्दै लक्ष्मीपुुर पुगेका थिए । घटना भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न शंकास्पद ठाउँहरुमा भारी संख्यामा प्रहरी टोलिका साथै सिभिल प्रहरी समेत पचिालन गरेका थिए । घटना भएकै दिनको राति सिमा प्रहरी बलराका प्रमुख मोहन कटुवालको कमाण्डमा खटिएको टोलिले बलरा नपा.३ लक्ष्मीपुरको सिमावर्ती क्षेत्रमा संचालित पसलमा खाजा खान बसिरहेको अवस्थामा उनीहरुलाई घेरा हालेर समातेका थिए ।
स्रोतका अनुसार पक्राउ परेका सहनीको मोटरसाईकल चोरी लगायत जिल्लामा हुने विभिन्न अपराधिक घटनामा समेत संलग्नता रहेको पाइएको छ । मोटरसाइकल चोरीको आरोपमा एक देखि डेढ महिना भारत विहारको मोतिहारीमा समेत कारागार चलान भएका थिए । त्यहाँ कारागारमा बस्दा नै भारतीय अपराधिसँग चिनजान भएको र सहनीकै नेतृत्वमा सर्लाहीको वित्तिय संस्थामा लुटपाट योजना बनाएको हुन सक्ने बुझिएको हो ।
सहनी जिल्लाका विभिन्न ठाउँमा हुने अपराधि घटना समेत मुछिँदै आएका थिए । उनी एउटा घटनामा रौतहटको थुनामा समेत केही समय बसेर रिहा भएका थिए । सर्लाहीको गोडेता बजारमा भएको रेमिट्यान्स लुटपाट समेत संलग्नको आरोपमा प्रहरीले सहनीलाई पक्राउ गर्न खोज्दा भाग्न सफल भएका थिए । केही राजनितिक शक्तिको आडमा सहनी विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएको स्थानिय बताउँछन् ।

सर्लाहीका अधिकांश रेमिट्यान्स तथा घरेलु वित्तिय संस्था सुरक्षा मापदण्ड विपरीत नै संचालन रहेको पाइएको छ । जिल्लाका संचालित घरेलु वित्तिय संस्थामा केहिमा सिसिटिभी जडान भएको छैन भने केहि जडान भएको क्यामेरा समेत बिग्रिएको छ । प्राय: सबै संस्थाहरु नगद भण्डारणका लागि सुरक्षित दराज तथा सुरक्षा गार्ड विनै साँघुरो कोठामा संचालन गरेकोे देखिन्छ ।
सर्लाहीको गोडैतामा समेत लुटपाट भएको रेमिट्यान्समा समेत संचालक पक्षका समेत कमजोरी देखिएका थिए । लाखौंका कारोबार हुने संस्थामा निगरानीका लागि सिसिटिभी क्यामेरा समेत जडान भएको थिएन । नगद भण्डारणका लागि कडा सुरक्षा सहित दराज तथा सुरक्षा गार्ड विनै साँघुरा कोठामा कारोबार भइरहेको पाइएको थियो ।
सगुन संस्था संचालक पक्षको कमजोरीका कारण संस्थामा लुटपाट भएको आफन्तले आरोप लगाएका छन् । लाखौंका कारोबार हुने सेवा केन्द्रमा संचालकले सुरक्षा गार्ड विनै एक जना कर्मचारी मात्र राखेका छन् । सुरक्षा गार्ड र अन्य कर्मचारी नभएका कारण सेवा केन्द्र अपराधिको निशानामा परेको छ । छोरामाथि ४ वटा गोलि फरार भएपनि संचालक पक्षले उपचारका लागि गम्भीर भएर तादरुकता नदेखाएको घाइते कार्कीकी ठूली आमा सावित्रा खड्काले आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्