Logo

एनएमबिलाई डीएफसीबाट १० करोड अमेरिकी डलरको ऋण स्वीकृत

एनएमबि बैंकले १० करोड अमेरिकी डलरको ऋणका लागि यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)बाट स्वीकृति पाएको छ ।
बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्ने बैंकले जनाएको छ । यस सम्झौताले हालको बैंकिङ तरलताको परिदृश्यमा यसरी देशमा भित्रिने बाह्य वित्तीय स्रोतले देशकै आवश्यकता अनुरूप उत्पादनमूलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउने बैंकले विश्वास लिएको छ ।
बैंकले जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा यो ऋण पुँजीको लगानी गर्दै आइरहेको छ । बैंकले डीएफसीबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्