७७ वटै जिल्ला सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक «

७७ वटै जिल्ला सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशका ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ ।
सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।
वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकको रुपमा बैंकिङ पहुँच पुर्याइ रहेको बैंकले जनाएको छ ।
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । २०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । आ.व. २०७८/०७९ मा बैैंंकको शेयरधनी कोष ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति ३ खर्ब २९ अर्ब पुगेको छ ।
बैंकको सफलताको लागि उल्लेखनीय योगदान पुर्‍याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, सेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाप्रति बैंकले धन्यवाद प्रकट गरेको छ । साथै भविष्यमा

प्रतिक्रिया दिनुहोस्